आज अष्ट्रेलियन डलर झन्डै एक रुपैयाँले घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

आज अष्ट्रेलियन डलर झन्डै एक रुपैयाँले घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ। अधिल्लो दिन (सोमबार) तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ८० पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४्र५ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।