काठमाडौँ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ। बिहान १०ः०५मा सुर्केबाट उडेको मनाङ एयरको ९ एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो।
हेलिकप्टर क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए। हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थल कार्यालयले जानकारी दिएको छ।
हेलिकप्टरमा सवार पाइलटसहित ५ जना यात्रुको बारेमा भने केही खबर आएको छैन्।

प्रतिक्रिया