पोखरामा आज मुख्यमन्त्रीको भेला, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ । गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ। भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्नुहुने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए। मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताए। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ। यसअघि मुख्यमन्त्रीको भेला गत जेठ…