प्रधानमन्त्रीले माफी मागेमात्र सदनको अवरोध हट्छ : प्रमुख सचेतक गिरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन्। आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए। प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको…