काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन्। आजदेखि यहाँ सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रुपान्तरणमा गर्नुपर्ने बताए। “अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी…