काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन्। प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुगेका हुन्।
प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाहालको शुक्रबार साँझ पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उनको भनाइ छ।
प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्ने छन्। श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आएका हुन्।
प्रतिक्रिया