बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का

बझाङ । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ। मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए। उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको…