हेटौँडा ।
गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ। अहिले विहान ११ बजेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
उनले घाईतेको उद्दार भईरहेको बताए। जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन्। ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ।
त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ।

प्रतिक्रिया