काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन्।
नेपालको जाजरकोट रामीडाडाँ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन्।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्,‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

प्रतिक्रिया