ब्रिस्वेन अष्ट्रेलिया ।
क्वीन्सल्याण्डको ब्रिस्वेनमा ‘तिहार म्युजिकल मेला २०८०’ हुने भएको छ। उक्त सांगीतिक कार्यक्रम सन एण्ड मून प्रोडक्सनले नोभेम्बर ७ तारिख ब्रिस्बेनको ब्राइटसाइडमा गर्न लागेको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार सुगम पोखरेल, सुदिन पोखरेल तथा उदयमान कलाकार आरिफ रौफ र निहारिका ज्ञवालीले सांगीतिक प्रस्तुति दिने आयोजक सन एण्ड मून प्रोडक्सनका निर्देशक गजेन्द्रराज थापा (गोर्खे काजींले जानकारी दिए। निर्देशक थापा लामो समयदेखि कला क्षेत्रमा संलग्न रहेका छन्। विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्न लागि परेका थापा नेपाली कलाकारहरुलाई ल्याएर ब्रिस्वेनवासी नेपालीहरुलाई मनोरञ्जन दिने कार्यमा सक्रिय छन्।
साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमको टिकट २० अष्ट्रेलियन डलर कायम गरिएको सन एण्ड मून प्रोडक्सनका अर्का निर्देशक आर्जित रेग्मीले। टिकट अनलाइन र प्रत्यक्ष भेटेर खरिद गर्न सकिने उनले बताए। तिहार स्पेसल अफल भनेर तीन दिनका लागि टिकटको मूल्य २० राखिएको र भोलीबार टिकटको मूल्य ४० कायम गरिने उनको भनाइ छ। कार्यक्रमका दिनै नै खरिद गर्नेलाई पनि सोही मूल्य निर्धारण गरिएको उनले बताए।
उक्त सांगीतिक कार्यक्रमलाई एक्सपर्ट एजुकेशन भिजा सर्भिसले टाइटल स्पोन्सर गरेको छ भने सफायर रियल स्टेट एजेन्ट र ८८४८ मःम हाउसले स्पोन्सर गरेका छन्। उक्त सांगीतिक कार्यक्रमबाट उठेको केही रकम क्वीन्सल्याण्डमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्रका लागि खर्च गरिने सन एण्ड मून प्रोडक्सनका निर्देशक सुदनजंग कुँवरले जानकारी दिए। उलने क्वीएनसीसीका लागि एक सय टिकट छुट्याएको केबीसीलाई जानकारी दिए।
केबिसी खबर मिडिया पार्टनर रहेको कार्यक्रमको टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोला।
प्रतिक्रिया