इजरायलबाट नेपालीलाई तत्काल उद्धार गर्न प्रवासी नेपाली मञ्चको माग

काठमाडौँ ।  प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले इजरायलबाट नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै प्रवासी नेपाली मञ्चले आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।  मञ्चले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति…