ब्रिस्वेन, अष्ट्रेलिया । नेपाली सांस्कृतिक केन्द्र बनाउनका लागि जग्गा खरिद गरेपछि क्विन्सल्याण्डवासी नेपालीहरूले खुसी साटासाट गरेका छन्। आज क्वीएनसीसीले ब्रिस्वेनको न्यु फार्म पार्कमा आयोजना गरेको धन्यवाद कार्यक्रममा यहाँका नेपालीहरूले एक–आपसमा लड्डु खुवाएर खुसी साटासाट गरेका हुन्। उक्त कार्यक्रममा क्वीन्सल्याण्डवासी नेपालीहरु जम्मा भएर चिया पान समेत गरेका थिए। उपस्थित सबै जना खुसी मुन्द्रामा देखिन्थे। धन्यवाद कार्यक्रममा…