काठमाडौँ ।
जापानको फुकुओकामा एक नेपाली युवककाे मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका –३ भरौला नेपाल घर भएका युनिश अधिकारीको मृत्यु भएको हो।
डिसेम्बर ३१ गते रेल स्टेसनको सौचालयमा घाइते अवस्थामा फेला परेका अधिकारीलाई उपचारका लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको नागोया क्षेत्रिय समितिका उपसंयोजक कुशल पौडेलले केबिसीलाई जानकारी दिए।
घटनाका बारेमा जापानस्थित नेपाली दूतावाससँग एसिया प्यासिफिक संयोजक (डिआरसी) दिपक कार्किले सम्पर्क गर्ने प्रयास गरिरहनु भएको छ। थप जानकारी लिने प्रयासमा छौँ। उनले भने।
घटनाका विषयमा एनआरएन जापानका प्रेस सल्लाहकार नारायण रिमाललाई सम्पर्क गर्दा हल्ला सुनेको तर आधिकारिक के हो भन्ने थाहा नभएकाले बुझ्ने प्रयास भइरहेको केबीसीलाई बताए।

प्रतिक्रिया