काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। बिहीबार काठमाडौं आईपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका छन्।
शुक्रबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ। नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन्।
त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ। जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया