मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नू हालका दिनमा फिल्म ‘डंकी’को सफलताको उत्सव मनाइरहेकी छन्। फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन्। हालै एक अन्तरवार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन्। उनका अनुसार फिल्म उद्योगका बारेमा ‘उनी फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय गर्छिन्’…