काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा प्रश्तुत गरिएका प्रतिवेदन र दस्तावेजहरुमा सत्तारुढ गठबन्धनको छाँया परेको बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्नेक्रममा डा।कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरु पार्टीको मौलिकतामा आधारित हुनुपर्ने धारणा राखेका हुन्। उनले पार्टीको इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन…