इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे

इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे


काठमाडौं ।

इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन्। शुक्रबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा एक एक अंक लिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औं मिनेट गोल गरेको थियो। नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन्।

तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो। ६४ औं मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो।

त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ। उसले १२ खेलमा जित र ८ खेलमा पराजय ब्यहोरेको छ। यता, समाना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ।