आज अमेरिकी डलर स्थिर हुँदा अष्ट्रेलियन डलरको रेट कति ?

आज अमेरिकी डलर स्थिर हुँदा अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज ९शनिबार०को लागि विदेशी मुद्राको विनिमय दर तोकेकोछ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ। शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेकोछ छ। हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम थियो।

आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ।