काठमाडौं ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट हुँदैछ । खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ। त्रिकोणात्मक सिरिज खेल्नका लागि बिहीबार हङकङ पुगेको नेपाली क्रिकेट टोलीले आज सिरिज सुरु हुनुपूर्व नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्न लागेको हो।
नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्ने पूर्व निर्धारित तालिका अनुसार नै आज (मार्च ९) उक्त खेल खेल्दै छ। भोलीबाट नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भोली (फागुन २७ गते) हङकङसाग खेल्ने छ। यस्तै, दोस्रो खेलमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्दैछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।
हङकँमा हुने टि२०आई टोलीमा आकाश चन्द र लोकेश बम थपिदा मुख्य प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन्।
प्रतिक्रिया