नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। हङकङमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो। समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो।…