काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो। पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को…