त्रिकोणात्मक टी–२० शृंखला : नेपाल २७ रनले विजयी

त्रिकोणात्मक टी–२० शृंखला : नेपाल २७ रनले विजयी


काठमाडौं ।

भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो।

नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९–९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए। नेपालको यो लगातार दोस्रो जित हो। यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो।