कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी

कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी


काठमाडौं ।

कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ। मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो। अब दोस्रो लेग २४ तारिखमा हुने छ।