बागलुङको निसीखोलामा बस दुर्घटना : ८ जनाको मृत्यु, २३ को अवस्था गम्भीर

काठमाडौँ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ। मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ। मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ। रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती…