ताइवान भूकम्प अपडेटः ९ को मृत्यु, ८ सय घाइते

ताइवान भूकम्प अपडेटः ९ को मृत्यु, ८ सय घाइते


काठमाडौं ।

ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। भूकम्पमा परेर अन्य आठ सय भन्दा बढी मानिस घाइते भएका छन्।

ताइवानमा आज २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ।

आज बिहान ७ः५८ मा गएको भूकम्पको केन्द्रविन्दु २३.८१ डिग्री उत्तर अक्षांश र १२१.७४ डिग्री पूर्वी देशान्तरमा १२ किलोमिटर गहिराइमा रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

वेनलिङ्ग र रुइआन शहरका बासिन्दाहरूले खिचेका भिडियो फुटेजहरूले भूकम्पको समयमा घर वा कार्यालयमा डरलाग्दो गरी झूमर हल्लाएको दृश्यहरु खिचेका थिए।

भूकम्प आएपछि विद्यालयका भवनहरूबाट विद्यार्थीहरूलाई व्यवस्थित रूपमा बाहिर निकालेको भिडियो पनि खिचिएको थियो। भूकम्पको बेला हुझाउ शहरको वक्सिङ जिल्ला र चाङ्सिङ काउन्टीमा पनि धक्का महसुश गरिएको थियो।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ।