कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा


काठमाडौँ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तर्गत आज बसेको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्। उनले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका छन्। बदलिएको राजनीतिक परिवेशका कारण आफूले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा जानकारी गराएका थिए।

प्रदेशसभामा राजीनामा घोषणा गर्ने क्रममा मुख्यमन्त्री शर्माले आफ्नो नेतृत्वको प्रदेश सरकारले हालसम्म गरेका कामको समग्र विवरण देशसभा बैठकमा प्रस्तुत गरेका थिए। उनले राजीनामा दिएर बाटो खुला गरेसँगै सत्ता साझेदार दलको केन्द्रीय सहमतिअनुसार भएको निर्णय कार्यान्वयन हुने भएको छ।

केन्द्रीय सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व अब नेकपा (एमाले)ले गर्ने भएको छ। सत्ता साझेदार दलहरुको तर्फबाट कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सम्भावना छ।