दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता


काठमाडौं ।

दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सविरुद्द टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल ‘ए’लाई दोस्रो सफलता मिलेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ गरेको उल्भ्सले पहिलो ओभरमै १ विकेट गुमाएको थियो । कमलसिंह ऐरीको बलमा उल्भ्सका जेम्स म्याकोलमलाई शाहब आलमले रन आउट गराए।

यस्तै, चौथो ओभरको पहिलो बलमा उल्भ्सका स्टीफन डोहेनी पनि बोल्ड आउन भएका छन्। उनलाई शाहब आलमले आउट गरे। डोहेनी आउट हुँदा उल्भ्सले ११ रन थियो । चौथो ओभरको सकिँदा उल्भ्सले २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ।

नेपाल पहिलो खेलमा २१ रनले उल्भ्ससँग पराजित भएको थियो। नेपाल ‘ए’को प्लेइङ ११ः विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल। नेपालको बेन्चः रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री।