गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ ।

गायक रवि ओडविरुद्ध पक्राउ पूजी जारी भएको छ। उनकी श्रीमतीले बलात्कारको उजुरी दर्ता गराएपछि उनीबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। ओड नेपाल आइडल सिजन–२ का विजेता हुन्। ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो।