रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ। उक्त मन्त्रालयले परम्परागत…