ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश

ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश


काठमाडौं ।

निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन्। निर्माणपक्ष र उनीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन्।

फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ। फल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु हुँदैछ । फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुनेछ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ।

हिमेशले यसअघि ‘वर एण्ड बधु’ र ‘शमशेर’ साइन गरिसकेका छन्।