काठमाडौं ।
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन्।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा प्रतिष्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन्। विजयी भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
उनले भने, ‘म आफ्नो व्यक्तिगत तथा राष्ट्रिय सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३ सय ३८ मत प्राप्त गर्दै उनले कांग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन्।
प्रतिक्रिया