‘डिग्री माइला : एमए थर्ड क्लास’ लाई उच्च शो

‘डिग्री माइला : एमए थर्ड क्लास’ लाई उच्च शो


काठमाडौं ।

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन्। निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो दिइएको छ। क्यूएफएक्सले ५८ शो दिइसकेको छ।

हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, सोमनाथ खनाल, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ।

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माता तथा क्रिश लामा कार्यकारी निर्माता छन्।