तास्मानियामा पहिलो ‘डिएफसी कप २०२४’ हुने, ७ टिम सहभागीता जनाउँदै

तास्मानियामा पहिलो ‘डिएफसी कप २०२४’ हुने, ७ टिम सहभागीता जनाउँदै


तास्मानिया, अष्ट्रेलिया ।

दाजुभाई फुटबल क्लबले पहिलो पटक तास्मानियामा डिएफसी कप २०२४ को आयोजना गर्ने भएको छ। तास्मानियाको नेपाली फुटबल क्लब दाजुभाईले यही अप्रिल १४ तारिख डेम्पियर स्ट्रीट वारेन फुटबल ग्राण्डमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

सफायर स्टेट एजेन्टस् टाइटल स्पोन्सर रहेको डिएफसी कपमा तास्मानियाका ७ टिमले सहभागीता जनाउने डिएफसीका कोषाध्यक्ष प्रवेज थापाले केबीसी खबरलाई जानकारी दिए। डिएफसी रेड (DFC red), डिएफसी ब्लू (DFC blue), बीसीएएसटी फुटबल क्लब (BCAST), एबीएसएनटी फुटबल क्लब (ABSNT), नेप्लिज फुटबल क्लब तास्मानिया (NFCT), लन्चेस्टन नेप्लिज सकर क्लब (LNSC) र खुकुरी फुटबल क्लब तास्मानियाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए। 

अप्रैल १३ तारिख शनिवार बिहान ९ बजे वारेन फुटबल मैदानमा ड्र गरिने उनले बताएका छन्। उक्ट ड्र कार्यक्रममा प्रतियोगितामा भाग लिएका टिमका प्रबन्धक, कप्तान र प्रशिक्षकहरूलाई सहभागीताका लागि कोषाध्यक्ष थापाले आग्रह गरेका छन्। भौतिक रूपमा उपस्थिति हुन नसक्नेलाई लाइभबाट भए पनि जोडिन भनेका छौँ उनले भने। 

पहिलो डिएफसी कपको विजेताले एक हजार पाँच सय र उपविततताले ७५० अष्ट्रेलियन डलर नगद, ट्रफी पाउने उनले बताए। उक्त फुटबल प्रतियोगितालाई क्यापकोन होम लोन होबार्ट, नेभिगेट भिसा एण्ड एजुकेसन, बुद्ध एसियन ग्रोसरी, लंघाली क्याफे एण्ड रेस्टुरेन्ट, वती अष्ट्रेलिया वाइड ट्रेनिङ इस्टियुटले साथ दिएको छ। यो प्रतियोगिताको मिडिया पार्टनर केबीसी खबर रहेको छ।