काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१ (क)…