कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिँदै

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई कमजोर स्वास्थ्यका कारण हाजिर जमानीमा छाड्न लागिएको बताइएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ। सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए।…