इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित

इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित


काठमाडौं ।

इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ। शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो।

सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो हाफमा थपेको हो।

मार्को अर्नोअटोभिकले ६० औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए। उनले फ्रेटेसीको पासमा गोल गरेका थिए। ७७ औं मिनेटमा टाजन बोचनानले स्टेफेनो सेन्सीको पासमा गोल गर्दै अग्रता तेब्बर बनाएको थियो। ८० औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टर ४–० ले अघि बढेको थियो।

यस्तै, मार्टिनेजको पासमा मार्कस थुरमले गोल गर्दै इन्टर मिलानको जित ५–० ले पक्का गरे। जितपछि इन्टर मिलान ३६ खेलबाट ९२ अंकका साथ शीर्ष स्थानमा छ भने पराजित भएको फ्रोसिनो समान खेलबाट ३२ अंकका साथ १७ औं स्थानमा छ।