काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ।
राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ।
त्यस्तै, आज युरोको भाउ बढेको छ। आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ। शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो।
आज बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ। शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो।
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया