अमेरिकन दूताबासले भन्यो : ‘सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित होस’

अमेरिकन दूताबासले भन्यो : ‘सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित होस’


काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि नेपालस्थित अमेरिकन दूताबासले आफ्नो धारणा सार्वजनिक गरेको छ । दूताबासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित हुनुपर्ने धारणा सार्वजनिक गरेको हो।

बुधबार एक सन्देश सामाजिक संजालमा राख्दै सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवादको अपेक्षा राखेको दूताबासले जनाएको छ। तर, सिरोहियाको नाम भने दूताबासले कहींकतै उल्लेख गरेको छैन।

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ,’जारी सन्देशमा भनिएको छ।