‘पुजार सार्की’ आजदेखि नेपालसहित विश्वभर प्रदर्शन, एमएसएम इन्टरटेन्मेन्टले गर्यो अष्ट्रेलिया र अन्तर्राष्ट्रिय वितरण

‘पुजार सार्की’ आजदेखि नेपालसहित विश्वभर प्रदर्शन, एमएसएम इन्टरटेन्मेन्टले गर्यो अष्ट्रेलिया र अन्तर्राष्ट्रिय वितरण


मेलबर्न अष्ट्रेलिया ।

आजदेखि बहुप्रतिक्षित चलचित्र ‘पुजार सार्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ। बुद्ध जयन्तीको बिदाको अवसर पारेर नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ अष्ट्रेलियाका विभिन्न राज्यमा पनि आजदेखि प्रदर्शन हुँदैछ।

अन्तरष्ट्रिय प्रदर्शन बितरणको अधिकार पाएको एमएसएम इन्टरटेन्मेन्टले अष्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, एडिलेड, डार्बिन, क्वीन्सल्याण्ड, क्यानबेरा, तास्मानिया र पर्थमा फिल्मको प्रदर्शन हुने जानकारी दिएको छ। 

अष्ट्रेलियाभरी प्रदर्शन हुने फिल्म पुजार सार्कीलाई आफूलाई पाइप पर्ने ठाउँमा हेर्नका लागि दिएको लिंकमा क्लिक गरेर टिकट खरिद गर्न सकिने एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिन ‘पुजार सार्की’लाई क्यूएफएक्सले ५८ शो दिएको छ । जसमा काठमाडौंमा २७ र मोफसलमा ३१ शो दिएको छ।

फिल्ममा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बु प्रमुख भूमिकामा देख्न सकिनेछ। चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन्।

राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।