काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ। तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो। बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो। बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस…