यती फुटबल क्लबले जित्यो चौथो ‘एनआरएनए फुटसलको उपाधि 

यती फुटबल क्लबले जित्यो चौथो ‘एनआरएनए फुटसलको उपाधि 


मेलबर्न अष्ट्रेलिया ।

चौथो ‘एनआरएनए फुटसल (ओपन)तर्फको उपाधि यति फुटबल क्लबले जितेको छ। शनिवार मेलबर्नको फुटसल ओजेट थामस्टोन ग्राउण्डमा भएको फाइनल खेलमा यती फुटबल क्लबले रोयल वेस्टर्न क्लब ‘बी’ लाई ४-० ले पराजित गर्दै उपाधि उचालेको हो। 

उपाधि जितेको यीत एफसीले ट्रर्फी, मेडल र नगद एक हजार पाँच सय अष्ट्रेलियन डलर पायो भने उपविजेता बनेको रोयल वेस्टर्न क्लब ‘बी’ ले ट्रर्फी, मेडल र नगद एक हजार अष्ट्रेलियन डलर पुरस्कार प्रप्ता गरेको एनआरएनए भिक्टोरियाका युवा उपसंयोजक गौरव सुनारले जानकारी दिए। उनका अनुसार खेलको उत्कृष्ट खेलाडी पंकज लामिछाने (भेट्रान), बेष्ट किपर यती एफसीका एलेन न्यौपाने, प्रतियोगिताकै उत्कृष्ट खेलाडी दिनेश राजवंशी, फेयर प्ले टिम रोयल वेस्टर्न क्लब ‘बी’ र सबैभन्दा बढी स्कोर सिबीएसई क्लबका प्रजोल थापाले बनाए। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाले आयोजना गरेको उक्त प्रतियोगिता ओपन र भेट्रान गरी दुई समूहमा खेलाइएको फुटसल टुर्नामेन्ट २०२४ का कोर्डिनेटर समेत रहेका सुनारले बताए। 

यस्तै ३५ वर्षभन्दा माथि (भेट्रान) तर्फको उपाधि यति एफसीले जितेको छ। फाइनल खेलमा रोयल वेस्टर्न क्लब ‘बी’ लाई ५-२ गोलले पराजित गर्दै उपाधि जितेको हो। उपाधि जितेसँगै यीत एफसीले ट्रर्फी, मेडल र नगद एक हजार अष्ट्रेलियन डलर प्राप्त गरेको छ भने उपविजेता बनेको रोयल वेस्टर्न क्लब ‘बी’ ले ट्रर्फी, मेडल र नगद पाँच सय अष्ट्रेलियन डलर पुरस्कार प्रप्ता गरेको युवा उपसंयोजक सुनारले बताए। 

ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मुख्य प्रयोजन गरेको उक्त फुटसल टुर्नामेन्टमा ओपन तर्फ १८ र भेट्रान तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए।