मेलबर्न, अष्ट्रेलिया । चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गरेका छन्। चार दिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्टे«लियाली निर्यातहरूविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरे। “पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन–अस्ट्रेलिया सम्बन्धमा पारस्परिकरूपमा लाभदायक सहयोगका…