यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सोही अनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९७ रुपैयाँ ३१ पैसा रहेको छ भने विक्रि दर ९७ रुपैयाँ ७५ पैसा रहेको छ।