भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री लामिछाने

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री लामिछाने


असार १७, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उनले भ्रष्टाचारका २५ काण्डको छानविन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन्।

उनले भने, ‘बजेटमा र नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार भइरहेको काण्डहरुको मात्र होइन्। कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्य २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको भइरहेको छ। त्यसैले कोही पनि बेचैन हुनुपर्दैन्।’