तास्मानिया, अष्ट्रेलिया ।
तास्मानिया राज्यको लंन्चेस्टनमा नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ। नेपालका चर्चित कलाकार राजु परियार र शिला आलेले सांगीतिक प्रस्तुति दिने उक्त कार्यक्रम अगष्ट ३० तारिख म्यक्स फ्राई हल लन्चेस्टनमा हुन लागेको हो।
कार्यक्रममा राजु परियार, शिला आले, स्थानीय कलाकार हृदय दाहालका साथै डिजे उज्जलले सहभागीलाई भरपुर मनोरञ्जन दिने पर्दा इभेन्टका निर्देशक पुरुषोत रिमालले केबीसी खबरलाई जानकारी दिए। विगतमा पनि पर्दा इभेन्टले भव्यताका साथ सांगीतिक कार्यक्रम गरेको छ। शुक्रबार साँझ ५ बजेबाट सुरु हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २५ अष्ट्रेलियन डलर तोकिएको उनले बताए।
न्यु कन्सेप्ट फाइनान्स मुख्य प्रयोजन गरेको कार्यक्रमलाई तास्मानियामा रहेका नेपाली फुटबल क्लब, क्रिकेट क्लब तथा सामाजिक संघ संस्थाहरुले पनि साथ दिएका छन्। निर्देशक रिमालले विशुद्ध सांगीतिक कार्यक्रम भएकाले लन्चेस्टनमा बसोबास गर्नुहुने नेपाली दाजुभाई(दिदीबहिनीलाई कार्यक्रममा सहभागीताका लागि आग्रह गरेका छन्।
प्रतिक्रिया