हेटौँडा । गत साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएको छ । हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार साँझबाट सञ्चालनमा आएको हो । भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डको कुलेखानी ड्याम नजिकै रहेको पुलको पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन निर्माण गरी हेटौँडालाई काठमाडौँसँग…