श्रोतको हवाला दिँदै डार्कफाईल खोलेका पत्रकार र एंकर माफी मागेर सात दिनमै छुटे !

श्रोतको हवाला दिँदै डार्कफाईल खोलेका पत्रकार र एंकर माफी मागेर सात दिनमै छुटे !



काठमाडौं । सर्वोच्च अदालतको मानहानि मुद्दामा कैद सजाय सुनाइएका सिधाकुरा डटकमका प्रकाशक तथा एंकर युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर जेलमुक्त भएका छन् । अदालतले माफी मागेको अवस्थामा सात दिन हिरासतमा राख्ने आदेश दिएका कारण उनीहरु माफी मागेर आज छुटेका हुन् । छुट्नै वित्तिकै भने उनीहरुले भिडियो प्रकाशित गर्दै आफुहरु पत्रकारिता निन्तर गरिरहने उद्घोष मात्र गरेका छैनन् अदालतको सक्रियताको यो भेलले अरु धेरैलाई बगाउने, त्यस्तो बेला अहिलेका अन्य पत्रकारले जस्तो आफुहरु चुपचाप लागेर नबस्ने पनि उद्घोषण गर्न भ्याइसकेका छन् ।

सर्वोच्च अदालतको नौ सदस्यीय वृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरू दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो। तर, उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको अदालतले पुष्टि गर्दै त्यस्ता सामग्री तत्काल हटाउन समेत आदेश दिएको थियो । यद्यपि ति सामग्री हटाउन सूचना विभागले पनि त्यसअघि नै आदेश दिइसकेको थियो ।

सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ। प्रकाशक र सम्पादकलाई ससर्त आदेश भएकाले सात दिनमा रिहा हुँदा सूचना दिने तिमिल्सिनाले भने ६ महिना पूरै जेल सजाय भोग्नुपर्ने भएको हो।

सर्वोच्चले तिमिल्सिनाको हकमा निजले नै उल्लिखित झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि अन्य प्रत्यर्थीहरूलाई दिएको देखिँदा निजलाई उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्रा अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा ४ बमोजिम ६ महिना कैद सजाय हुने ठहर गरेको थियो।

ुनिजविरूद्ध यस अदालतमा चलेको प्रस्तुत मुद्दाको कारबाईको प्रक्रियामासमेत निजमा कुनै पश्चातापबोध र क्षमायाचनाको भावसमेत नदेखिएको हुँदा ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्नुु फैसलामा भनिएको छ।