सिड्नी, अष्ट्रेलिया ।
नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफको अध्यक्षमा डा. ज्ञानेन्द्र रेग्मी सर्वसम्मत चयन भएका छन् । २४ वर्ष पुरानो नेपालीको संस्थाको हालै सम्पन्न भएको अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुरेन्द्र सापकोटा, विवेक थापा, बालचन्द्र भट्टराई, महेन्द्र लम्साल र सुरेन्द्र सिग्देल रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको घोषणा गरेका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरिकृष्ण अधिकारी, सचिवमा निजन चौलागाई, कोषाध्यक्षमा विकास झा, युवा संयोजकमा भुपेन्द्र कँडेल रहेका छन् ।
यस्तै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश केसी र सुजन निरौला चयन भएका छन् ।
अधिवेशनपछि केविसीखबरसँग कुरा गर्दै अध्यक्ष डा. रेग्मीले आफुले संस्थालाई लोकतान्त्रिक विचार मन्थनको चौतारी बनाउन चाहेको बताए । अष्ट्रेलियामा आप्रवासीहरुको समस्या, अष्ट्रेलियन राजनीतिमा नेपालीहरुको उपस्थिति, अनुभव र चुनौती, गणतान्त्रिक नेपालमा २० वर्षदेखिको उपलब्धी एवं वितृष्णा र तिनको समाधानका उपाय लगायतका विषयमा छलफल चलाउने योजना रहेको पनि उनले सुनाए ।
प्रतिक्रिया