क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समिक्षा मुख्य एजेण्डा

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन्। नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी २० विश्वकपको समिक्षा, उक्त विश्वकपको तयारी खर्च…