रिसाए पूर्वआईजीपीहरु, सञ्चारमन्त्रीलाई माफी माग्न सुझाव, प्रधानमन्त्रीको ध्यानाकर्षण

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्। पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही माग गरेका हुन्। ‘प्रधानमन्त्रीसमक्ष मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्नु हुन…