काजाब्लांका क्यासेल्लो । बेल्जियममा भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवार निर्वाचित भएका छन् । तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बेल्जियममा बिजयी भएका हुन् ।
दोस्रो पुस्ताको आगमनसँगै भबिष्यको राजनीतिक बाटो खुलेको छ । स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका छन् ।
निर्वाचनमा ११ नेपाली उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी विजयी बनेका हुन् ।
कास्की नेपालमा जन्मिएकी उनी २५ बर्षकी भइन् । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनको भनाई छ ।
बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।
गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बनेका हुन् ।
अनुमानित १५ हजार नेपाली बेल्जियममा बसोबास गर्दछन् ।
प्रतिक्रिया